Like us!
Follow us!

सेयर बजारमा सामान्य गिरावट, माइक्रोफाइनान्समा लगानीकर्ता आकर्षित

सेयर बजारमा सामान्य गिरावट, माइक्रोफाइनान्समा लगानीकर्ता आकर्षित

लगानी खबर, काठमााडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन पनि सेयर बजार ५५ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा झरेको छ । सोमबार नेप्से परिसूचक ०.२६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.२८ अंकले घटेर ४८४.९८ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक आज ०.२६ प्रतिशतले घटेको हो । 

कूल २२७ कम्पनीको ७६ लाख ५३ हजार २ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९ सय ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

गिरावट आएको बाजारमा आज माइक्रोफाइनान्समा लगानीकर्ता आकर्षित भएका छन् । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्य ९ उपसमूहको सूचक घटेको छ भने ४ उपसमूहको सूचक बढेको छ । सोमबार सबैभन्दा धेरै फाइनान्स, हाइड्रोपावर तथा डेभलपमेन्ट बैंक समूह घटेको  छ । त्यस्तै, माइक्रोफाइनान्स तथा अन्य समूह बढेको छ । 

आज आशा लघुवित्त वित्तीय संस्थाको सर्वाधिक सेयर मूल्य बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । 

त्यसैगरी, आज यूनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आज हाइड्रोपावरको १२ करोड १२ लाख १६ हजार ७ सय ७४ रुपैयाँको कारोबार भएको छ । 

हेरौं आजको तालिका  :
 

615acc0089618.JPG 615acc01ba365.JPG 615acc03f2b2b.JPG 615acc0662ad6.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।