Like us!
Follow us!

फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, कति मूल्यमा पाइन्छ ?

फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, कति मूल्यमा पाइन्छ ?

लगानी खबर, काठमाडौं  - फोर्ड नेपालले  प्रिमियम एसयूभी सेग्मेन्टमा उद्देश्यमा आधारीत क्षमताहरु भएकोे फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला गरेको छ ।

फोर्ड नेपालले आफ्नो अन्तर्राष्ट्रिय बजारबाट २१३ पीएस पावर र ५०० एनएम टर्क  प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लि. वाई –टर्बो को नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको घोषणा गरेको हाे ।

संसारकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्टसहित जसले सजिलै गति लिन मद्दत गर्दछ र चाहिएको रेन्जमा गियर लक गर्ने लचकता पनि उपलब्ध गराउँछ । 

७ वटा एयरब्यागको सुरक्षा,टेरान म्यानेजमेन्ट सिस्टमको क्षमता एडप्टिभ क्रुज कन्ट्रोलको सहजता, आन्टिपिन्च सेन्सर भएको ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिन सहितकोे एड्भान्स  SYNC 03  इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोल (Dual zone electronic automatic temperature control) फोर्ड माइकी (FORD MyKey) र अन्य थुप्रै फिचरहरु नेपाली बजारमा फोर्ड एभरेष्ट FORD EVEREST (TITANIUM Variant) को शुरुवाती मूल्य रु. १.९९ करोड रहेको छ । 

अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्नसक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विशेष सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउनेछ । 

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ । यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विशेष बनाउँछ । 

असाधारण एसयूभी, हरेक कुरामा उत्कृष्ट 

फोर्ड एभरेष्ट मा सुन्दर अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइन ल्याम्प क्लस्टर डिजाइनको अल–एलइडी हेडल्याम्पस् छ । एलइडी हेडल्याम्पस् ले रातीको समयमा विशेष लो र हाई–बमि  दुबैमा २०% धेरै प्रकाश दिन्छ ।

यसका साथै, फोर्ड एभरेष्ट ले आकर्षक डिजाइन, अफरोड मा बेजोड क्षमता, उत्कृष्ट सुरक्षा र बेजोड सुविधा दिन्छ, जसको लागि :

इनत्युटिभ कन्ट्रोल : तपाईंलाई ध्यानमा राखेर डिजाइन गरिएको प्रविधि

सजिलै ह्यान्ड्स फ्रि कल गर्न सकिने । बदलिरहने ट्राफिकको अवस्थामा कन्ट्रोलमा गाडी चलाउन सकिने । तपाईंलाई जे गर्न मन छ, एभरेष्टको इनत्युटिभ  टेक्नोलाजी तपाईंलाई सहयोग गर्न तयार छ । 

पावरफुल  क्षमता : तपाईंलाई धेरै टाढासम्म लान सक्ने क्षमता

फोर्ड एभरेष्टको आधुनिक २.० लि. वाई –टर्बो डिजेल इन्जिन ले इन्धनको क्षमतामा कुनै अवरोध नगरी २१३ पीएस  को पावर र ५०० एनएम सम्मको टर्क दिन्छ । 

पर्पोज ब्युल्ट अफ–रोड क्यापाविलिटी : जस्तोसुकै साहसिक यात्राको लागि पनि सक्षम एसयूभी

चुनौतीपूर्ण र अफ्ठ्यारो बाटोहरुको लागि डिजाइन गरिएको नयाँ एभरेष्ट गाडी सशक्त तयार छ । बाटोको अन्त्यमा के छ थाहा पाउन सकिन्छ । क्षमतावान् एभरेष्टले तपाईंलाई जस्तोसुकै बाटोमा पनि गाडी चलाउन सकिने विश्वास दिन्छ । 

क्लेभर कन्फोर्ट : तपाईं संसारको खोजीमा रहेको अवस्थामा आरामदायी यात्रा

आकर्षक लेदर अपहल्सटर्ड सीट्स, प्रिमियम इन्टेरियर्स, डुअल क्लाइमेट कन्ट्रोल, र डुअल प्यानल सनरुफले एभरेष्ट सँगको हरेक यात्रामा आनन्द दिन्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।