Like us!
Follow us!

ज्येष्ठ नागरिकलाई एनसेलकाे निःशुल्क सिम

ज्येष्ठ नागरिकलाई एनसेलकाे निःशुल्क सिम

लगानी खबर, काठमाडाैँ - एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरुसहितको आकर्षक निःशुल्क सिम योजना संचालनमा ल्याएको छ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा हिजो शुक्रबारबाट सञ्चालनमा ल्याईएको यस योजना अन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको  सिम निःशुल्क लिन सक्छन्र । साथै रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाईने सेवा, सुविधाहरुको फाइदा लिन सक्छन् ।

यो योजनाअन्तर्गत पहिलो रु ५० वा सो भन्दा बढिको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अननेट एसएमएस बोनस पाउँछन्।त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विशेष छुटसहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन्।ग्राहकले विशेष छुटअन्तर्गत रु १ प्रतिमिनेटमा भ्वाइस सेवा, रु १ प्रतिएमबीमा डेटा सेवा र रु १।९९ प्रतिमिनेटमा भारतमा कल गर्न सक्छन्।

यसका साथै यसै योजनाअन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । रु ५० देखि रु ९९ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समय सिमा रहेको २०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । त्यस्तै रु १०० देखि रु १९९ सम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउँछन्।रु २०० वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाईने यी डेटाहरु ७दिनको लागि मान्य रहन्छ।

ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिमकार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गतेसम्म संचालनमा रहनेछ।

यस योजनाले ज्येष्ठ नागरिकहरुलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरुसँग डेटाको माध्यमबाट डिजिटल्टी सम्पर्कमा रहिरहन पनि सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।