Like us!
Follow us!

एनआईबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न

एनआईबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न

लगानी खबर, काठमाडौं - एनआईबिएल एस क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज असोज १५ गते (शुक्रबार) सभाहल लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूंजीको २६ प्रतिशत नगद लाभांश समेत पारित गरेको छ । 

उक्त सभामा सञ्चालक सदस्यहरु दिपक कुमार श्रेष्ठ, बन्दना थापा, रविन्द्र भट्टराई र आनन्द कुमार भट्टराईको समेत उपस्थिती रहेको थियो । त्यसैगरी नियमन निकायका प्रतिनिधीहरु, लेखापरीक्षक तथा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत पस्थितीमा साधारण सभा सम्पन्न भएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।