लगानी खबर, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा ९ सय ११ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ हजार ७ सय ६५ जनाको कोरोना परीक्षण भएकोमा एक हजार ७८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ८ हजार ५ सय ५५ जनाको पिसिआर परिक्षण गर्दा ८ सय ९८ जना र ३ हजार २ सय १० जनाको एन्टीजेन परिक्षण गर्दा १ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, बितेको २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । हाल १८ हजार १ सय ६८ जना सक्रिय संक्रमित छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।