Like us!
Follow us!

ज्येष्ठ नागरिकलाई निःशुल्क सिम बाँड्दै नेपाल टेलिकम

ज्येष्ठ नागरिकलाई निःशुल्क सिम बाँड्दै नेपाल टेलिकम

लगानी खबर, काठमाडौँ -  नेपाल टेलिकमले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । उक्त अवसरमा टेलिकमले मुलुक भरका ज्येष्ठ नागरिकहरुलाई सम्मानस्वरुप निःशुल्क रुपमा सिम प्रदान गर्ने भएको हो । 

सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने टेलिकमले जनाएको छ । टेलिकमे प्रदान गर्ने उक्त सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ । 

नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्ने छन् । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपी संलग्न गर्नुपर्नेछ । 

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले आदरणीय जेष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहँुचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरेको छ । 

                                                   
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।