Like us!
Follow us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार रकम

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार रकम

लगानी खबर, काठमााडौं - हप्ताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । आइतबारदेखि दिनहुँ घटेको सेयर बजार हिजो (बुधबार) भने बढेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा झरेको छ । बिहीबार नेप्से परिसूचक १.२२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ६.४१ अंकले घटेर ४९७.०५ विन्दुमा झरेको छ । 

दोहोरो अंकले घटेको बजारमा आज कारोबार रकम पनि घटेको छ । कूल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड २९ हजार ५ सय ७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्य तीन उपसमूहको सूचक बढेको छ भने १० उपसमूहको सूचक घटेको छ । सबैभन्दा धेरै डेभलपमेन्ट बैंक, फाइनान्स र हाइड्रोपावर समूह घटेको छ । 

बिहीबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । आज मैलङ खोला जलविद्युत कम्पनी लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

त्यस्तै, नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको १२ करोड ७७ हजार ७८ रुपैयाँ बराबरको करोबार भएको छ । 

हेरौं आजको तालिका :

6155859be7179.JPG 615585a00e475.JPG 615585a4cc1ec.JPG 615585a87cf41.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।