Like us!
Follow us!

एचआईडीसीएलको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

एचआईडीसीएलको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को तीन करोड ६२ लाख २६ हजार सात सय २४ कित्ता सेयर लिलामीमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले ७ असोजदेखि सर्वसाधारण समूहको ३२ लाख २९ हजार सात सय २४ कित्ता र संस्थापक समूहको तीन करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको हो । 

सर्वसाधारणतर्फ न्यूनतम एक सय कित्ता र संस्थापकतर्फ न्यूनतम एक करोड कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम संख्याको लागि भने कुनै हद तोकिएको छैन । यसमा न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा भाग लिनु पर्नेछ । बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआईडीसीएलले जनाएको छ । 

कम्पनीको बोलपत्र आवेदन फारम लिन र बुझाउन बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्साल, काठमाडौंबाट सकिनेछ । त्ययसैगरी, ग्लोबल आईएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, धनगढी, महेन्द्रनगर नेपालगञ्ज, सुर्खेत र घोराही शाखाबाट पनि लिलामीमा आवेदन भर्न सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।