Like us!
Follow us!

११५७ जनामा कोरोना संक्रमण पुष्टि, १११३ जना संक्रमणमुक्त

११५७ जनामा कोरोना संक्रमण पुष्टि, १११३ जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार १ सय १३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण भएकोमा एक हजार १ सय ५७ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा १० हजार ६ सय ५२ जनाको पिसिआर परिक्षण गर्दा ८ सय ९२ जना र ३ हजार ८ सय ८९ जनाको एन्टीजेन परिक्षण गर्दा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । हाल १८ हजार १ सय ९२ जना सक्रिय संक्रमित छन् ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।