Like us!
Follow us!

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं  - आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार १ सय रुपैयाँले घटेर तोलाको ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५०  रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

6153f35a3e899.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।