Like us!
Follow us!

बोर्डले गर्‍यो सामूहिक लगानी कोषको नियमावली संशोधन

बोर्डले गर्‍यो सामूहिक लगानी कोषको नियमावली संशोधन

लगानी खबर, काठमाडौँ - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोषकाे नियमावली संशोधन गरेकाे छ । बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृती भएको सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली, २०७७  भाद्र २४ गतेदेखि लागू गरेको हाे ।

उक्त संशाेधन  मार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुनः खरीद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाकाे आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएकाे छ । यसअघि, उक्त आयकाे लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए ।

त्यसैगरी, उक्त नियामावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि बोर्डबाट स्वीकृती लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।

त्यस्तै, उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामुहिक लगानी योजनाको आयमा वृद्धि भई लगानीकर्ताहरूको हित हुने बोर्डकाे अपेक्षा रहेको छ ।

बाेर्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f59e0f9102bf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।