Like us!
Follow us!

१२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३२४ जना संक्रमणमुक्त

१२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३२४ जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ३ सय २४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार २ सय ४३ जनाको कोरोना परीक्षण भएकोमा १ हजार २ सय ३९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ११ हजार ६ सय २९ जनाको पिसिआर परिक्षण गर्दा ९ सय ४१ जना र ३ हजार ६ सय १४ जनाको एन्टीजेन परिक्षण गर्दा २ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । हाल २० हजार ७ सय ४३ जना सक्रिय संक्रमित छन् ।

614c5f21ce511.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।