Like us!
Follow us!

थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि, १६३० जना संक्रमणमुक्त

थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि, १६३० जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ६ सय ३० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण भएकोमा १ हजार ४ सय ७८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ११ हजार ६७ जनाको पिसिआर परिक्षण गर्दा १ हजार २ सय ५१ जना र २ हजार ८ सय ६३ जनाको एन्टीजेन परिक्षण गर्दा २ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हाल २१ हजार १ सय ३९ जना सक्रिय संक्रमित छन्

614b0e51ab1d9.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।