Like us!
Follow us!

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुस आजको भाउ

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुस आजको भाउ

लगानीखबर काठमाडौं, नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लाग्ने क्रम जारी  नै छ । 

नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ४ सय रूपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको १० रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

बुधबार सुनको मूल्य तोलाको ६ सय रूपैयाँले बढेर , छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।