Like us!
Follow us!

मंगलबार थप १३३० जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार थप १३३० जनामा कोरोना संक्रमण पुष्टि

लगानी खबर, काठमाडाैँ - नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ३० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १३ हजार ६ सय २२ जनाको कोरोना परीक्षण भएकोमा एक हजार ३ सय ३० जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ५ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८ सय ३० जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निकाे भएकाे दर ९५.९ प्रतिशत रहेकाे छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

ताजा समाचार