Like us!
Follow us!

नेप्से परिसूचकमा दाेहाेराे अंककाे वृद्धि, ९ वटा उपसमूहकाे सूचक बढ्याे

नेप्से परिसूचकमा दाेहाेराे अंककाे वृद्धि, ९ वटा उपसमूहकाे सूचक बढ्याे

लगानी खबर, काठमाडाैँ - सेयर बजारमा हरियाली देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा ९ वटा उपसमूहकाे सूचक बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा पुगेकाे छ । नेप्से ०.५१ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक २.३६ अंकले बढेर ५०८.६२ विन्दुमा पुगेकाे छ ।

कूल २२३ वटा कम्पनीकाे एक कराेड ५३ लाख ६ हजार ६१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, मंगलबार अरूण भ्याली हाइड्राेपावर कम्पनीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २५ कराेड ४४ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेकाे छ । यता एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य भने सबैभन्दा धेरै घटेकाे छ ।

 

6149aa2e9d8ad.jpg 6149aa3634076.jpg 6149aa42deae5.jpg 6149aa483e936.jpg 6149aa4daa9ab.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।