Like us!
Follow us!

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (सोमबार) तोलाको ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ३ सय रुपैयाँले बढेर तोलाको ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८८ हजार ४५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको ११ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको ११ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

614967dab7486.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।