Like us!
Follow us!

थप १०९५ जनामा कोरोना संक्रमण पुष्टि, २९५७ जना संक्रमणमुक्त

थप १०९५ जनामा कोरोना संक्रमण पुष्टि, २९५७ जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ९ सय ५७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण भएकोमा १ हजार ९५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा १० हजार ७ सय ८६ जनाको पिसिआर परिक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ३१ जनाको एन्टीजेन परिक्षण गर्दा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा ८ जना संक्रमितको मृत्यू भएको छ । हाल २२ हजार ३ सय २३ जना सक्रिय संक्रमित छन् । 

61486512b096a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।