Like us!
Follow us!

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (आइतबार) तोलाको ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार २ सय रुपैयाँले घटेर तोलाको ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको ११ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

61481b2639d9a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।