Like us!
Follow us!

दशैंलाई आजबाट नयाँ नोट साट्न पाइने

दशैंलाई आजबाट नयाँ नोट साट्न पाइने

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले दशैंका लागि आज (असाेज ४ गते, साेमबार) बाट नयाँ नाेट वितरण गर्दैछ ।

राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

उपत्यकाबाहिर भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमार्फत नोट सटहीको सुविधा लिन सकिने व्यवस्था रहेको राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहाेस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।