Like us!
Follow us!

कपिलवस्तुका तीन पालिकाले पाए ६० लाख बराबरको स्वास्थ्य सामग्री

कपिलवस्तुका तीन पालिकाले पाए ६० लाख बराबरको स्वास्थ्य सामग्री

लगानी खबर, काठमाडौँ - कपिलवस्तुका तीनवटा पालिकाले कोरोनाभाइरसविरुद्ध लड्न ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामाग्री पाएका छन् । 

लुम्बिनी एकीकृत विकास संस्थाको सहयोगमा बाणगंगा नगरपालिकाकालाई २४ लाख, कपिलवस्तु अस्पताललाई २४ लाख र शुद्धोदन गाउँपालिकालाई १२ लाख बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाका निर्देशक सुनिता बेल्वासेले बताइन् । 

यसैगरी, संस्थाले बाणगंगा नगरपालिकाका स्वास्थ्य संस्था र विद्यालयमा गरी १८ वटा हात धुने स्थल, सुद्धोदन गाउँपालिकामा १८ र कपिलवस्तु नगरपालिकाका २ विद्यालयमा हात धुने स्थल निर्माण गरेको छ । 

कोभिडबाट प्रभावित भएका कपिलवस्तुका दुई पालिकाका १५ सय अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्नसमेत वितरण गरिएको थियो । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।