Like us!
Follow us!

मेगा बैंकको मुद्दती तथा बचत खातामा अब उच्च ब्याजदर, नयाँ बचत खाता योजना पनि सार्वजनिक

मेगा बैंकको मुद्दती तथा बचत खातामा अब उच्च ब्याजदर, नयाँ बचत खाता योजना पनि सार्वजनिक

लगानी खबर, काठमाडौं - मुद्दती तथा बचत खातामा मेगा बैंक नेपाल लिमिटेडले उच्च ब्याजदर दिने भएको छ । दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो । 

ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा बार्षिक ९.५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी, बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।  

यसैगरी, मेगा बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ । ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ । दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैंयामा खोल्न सकिने मेगा बैंकले जनाएको छ । 

त्यस्तै, मेगा बैंकले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयहरुमा मुद्दती तथा बचत खाता खोली आकर्षक ब्याजदरसहितको सुविधा लिन ग्राहकहरुलाई आग्रह गरेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।