Like us!
Follow us!

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

लगानी खबर, काठमाडौं - बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । 

आउँदो असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुर स्थित टियु मैदानमा हुन गईरहेको बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किङ्गस् इलाभेनमा आबद्ध हुने भएको हो । 

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ को तर्फबाट टेली होल्डिङ्स प्रा.लि बीच सम्झौता हस्ताक्षर भएको थियो । शिवम्ले काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ । टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने बजाज पल्सर एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् ।

बहुचर्चित नेपाली बलर संदिप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौँ किङ्गस् इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनी सहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन । अनुभवी ख्याति प्राप्त खेलाडीहरूले भरिएको सन्तुलित टिम भएको हुनाले काठमाडौँ किङ्गस् इलाभेनले यस बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा खेल मार्फत सबैको मन जित्ने अटुट विश्वास लिइएको छ ।

गुणस्तरीय खेल मार्फत सबैको भरोसा जितेर काठमाडौँ किङ्गस् इलाभेनले सम्पूर्ण क्रिकेट प्रेमीहरूसँग एउटा आत्मीय सम्बन्ध स्थापित गर्न सफल हुन्छ भन्ने अपेक्षा गरिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।