Like us!
Follow us!

एकै दिन १४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकै दिन १४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार १ हजार ४ सय रुपैयाँले घटेर तोलाको ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज शुक्रबार लगातार स्थिर रहेको चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले घटेर तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

61442978e9cec.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।