Like us!
Follow us!

थप १७६० जनामा कोरोना संक्रमण पुष्टि, १२२० जना संक्रमणमुक्त

थप १७६० जनामा कोरोना संक्रमण पुष्टि, १२२० जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार २ सय २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ हजार ८ सय ४४ जनाको कोरोना परीक्षण भएकोमा १ हजार ७ सय ६० जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा १२ हजार ५ सय २४ जनाको पिसिआर परिक्षण गर्दा १ अजार ३ सय ३२ जना र ४ हजार ३ सय २० जनाको एन्टीजेन परिक्षण गर्दा ४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा ७ जना संक्रमितको मृत्यू भएको छ । हाल २६ हजार ३ सय ७ जना सक्रिय संक्रमित छन् । 

6141de2183db9.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।