Like us!
Follow us!

आज यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

आज यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक १.३७ प्रतिशतले घटेको हो । 

घटेको बजारमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज हाइड्रोपावरको २२ करोड १४ लाख ७० हजार ७५६ रुपैयाँको कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : सानिमा लाईफ इन्स्योरेन्स, आइसि एफसि फाइनान्स, रैराङ हाइड्रोपावर, नेशनल हाइड्रोपावर, हिमालयन डिस्टिलरी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, अपि पावर कम्पनी, महालक्ष्मी विकास बैंक र छ्याङ्दी हाइड्रोपावर रहेका छन् । 

6141c47b88d6e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।