Like us!
Follow us!

बुधबार यी १० कम्पनीका लगानीकर्ता हिस्स !

बुधबार यी १० कम्पनीका लगानीकर्ता हिस्स !

लगानी खबर, काठमाडौं - हिजो (मंगलबार) गिरावट आएको सेयर बजार आज पनि घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक १.३७ प्रतिशतले घटेको हो । 

गिरावट आएको बजारमा आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक सेयरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज कम्पनीको सेयर मूल्य ७.३० प्रतिशतले घटेर १३ हजार ९ सय ४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : एनआइबिएल समृद्धि फण्ड १ को ६.८८ प्रतिशतले घटेर १२ रुपैयाँ ५ पैसा पुगेको छ । हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशतले घटेर ४ सय ८५ रुपैयाँ पुगेको छ । गोर्खाज फाइनान्सको ५.४१ प्रतिशतले घटेर १ हजार ५० रुपैयाँ पुगेको छ । रुरु जलविद्युत परियोजना लिमिटेडको ४.८६ प्रतिशतले घटेर १ हजार ३ सय १२ रुपैयाँ पुगेको छ । 

त्यसैगरी आज सिन्धु विकास बैंकको. सेयर मूल्य पनि घटेको छ । आज बैंकको सेयर मूल्य ४.४६ प्रतिशतले घटेर ५ सय १४ रुपैयाँ पुगेको छ । गुडविल फाइनान्सको ४.३१ प्रतिशतले घटेर ८ सय ५३ रुपैयाँ पुगेको छ । नेपाल हाइड्रो डेभलपर्सको ४.२२ प्रतिशतले घटेर ६ सय ३५ रुपैयाँ पुगेको छ । आइसि एफसि फाइनान्सको सेयर मूल्य ४.१२ प्रतिशतले घटेर ९ सय ८ रुपैयाँ ९० पैसा पुगेको छ र सनिमा लाईफ इन्स्योरेन्सको सेयर मूल्य ३.९८ प्रतिशतले घटेर ६ सय ९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

6141bf2a0a790.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।