Like us!
Follow us!

६ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

६ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

हिजो (मंगलबार) तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ६ सय रुपैयाँले बढेर तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९० हजार १ सय  रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

6141833d240dc.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।