Like us!
Follow us!

जिडब्लुएमले हाबल जोलियन मोडलमा आकर्षक फिचरसहितको टप भेरिएन्ट ल्याउँदै

जिडब्लुएमले हाबल जोलियन मोडलमा आकर्षक फिचरसहितको टप भेरिएन्ट ल्याउँदै

लगानी खबर, काठमाडाैँ - आफ्नो कर्पोरेट फिलोसफी  ‘improving little by little, every day’ लाई अनुसरण गर्दै GWM Nepal ले आकर्षक फिचरहरु सहितको टप भेरिएन्टमा HAVAL JOLION ल्याउने भएको छ ।

६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको HAVAL विगत ११ वर्ष देखि चीनमा SUV बिक्री गर्ने नम्बर १ ब्राण्ड हो । कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित JOLION ले गाडीहरुमा नयाँ सोचलाई मूर्तरुप दिन्छ । १८ इन्चको Aluminum Alloy Wheels, 73% High Strength Steel Body देखि 6-Way Electric Adjustable Driver Seat सम्म राखेर परिष्कृत निर्माणमा कुनै कमी महशुस हुन दिने छैन । यसको Panoramic Sunroof / Dual Zone Auto AC ले आरामदायी यात्रामा भव्यता थप्न मद्दत गर्ने कम्पनीले जनाएको छ । 

१.५ लि. को Petrol Turbo Engine, 6 Omni Directional Airbags को सुरक्षा, 360 Degree View, Blind Spot Monitoring / Hill Hold Control & Hill Decent Control भएको यस JOLION को निर्माण नै तपाईंको सुरक्षालाई ध्यानमा राखेर गरिएको छ । यसको आकर्षक head-up display (HUD) ले गाडीको गति आदिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउने समेत कम्पनीले जनाएको छ । 

अभिनव सोच भएकाहरुद्वारा डिजाइन गरिएको यस SUV लाई उच्च प्रदर्शन गर्ने प्रविधिले जीवन्त बनाउँछ । Carplay / Android Auto सहितको १२.३ इन्च Smart Touch Screen जस्तो यात्रालाई आरामदायी बनाउने फिचरहरुले व्यस्त दैनिकीमा विलासिता थप्नेछ ।

बजारमा HAVAL JOLION को Starting Variant र High Variant (MT and AT)  पहिले नै उपलब्ध छ र पारखीहरुबाट सकारात्मक समिक्षा पाइरहेको छ । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।