Like us!
Follow us!

२ कम्पनीकाे लिलामी सेयर आजबाट खुल्याे, कसरी भर्ने ?

२ कम्पनीकाे लिलामी सेयर आजबाट खुल्याे, कसरी भर्ने ?

लगानी खबर, काठमाडाैँ - मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे विभिन्न २ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (भदाै २९ गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । 

क्यापिटलले ज्याेति विकास बैंक लिमिटेडको २९ हजार २ सय ५० कित्ता र प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ६ हजार ३६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, ज्याेति विकास बैंककाे न्यूनतम मूल्य १४५ रूपैयाँ र प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले दुवै कम्पनीकाे सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।