Like us!
Follow us!

१४८६ जनामा कोरोना संक्रमण पुष्टि, १२६० जना संक्रमणमुक्त

१४८६ जनामा कोरोना संक्रमण पुष्टि, १२६० जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार २ सय ६० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ हजार ५ सय ३९ जनाको कोरोना परीक्षण भएकोमा १ हजार ४ सय ८६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा १२ हजार ५ सय ३२ जनाको पिसिआर परिक्षण गर्दा १ अजार १ सय ४९ जना र ४ हजार ७ जनाको एन्टीजेन परिक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा १६ जना संक्रमितको मृत्यू भएको छ । हाल २६ हजार ६ सय ३० जना सक्रिय संक्रमित छन् ।

613f2bfe7e054.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।