Like us!
Follow us!

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

नेपाल  टेलिकमको मोबाइल सेवामा समस्या

लगानी खबर, काठमाडौं - नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । टेलिकमको मोबाइल नम्बरमा विदेशबाट Missed Call आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, पैसा काटिने जस्ता समस्या देखिएको हो । 

केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।

यस्ता घटना सम्भवतः मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले फोनमा भएका आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन  टेलिकमले अनुरोध गरेको छ । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिएकाे पाइएको छ ।

टेलिकमले एक विज्ञप्ती जागरी गर्दै यस्ता अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि सतर्क रहन कम्पनीले उपलब्ध गराउने लकिङ कोड (Locking Code) प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्ने विकल्प उपयोग गर्न अनुरोध गरेको छ । 

                                     
                                                                                            
                                                                                            

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।