Like us!
Follow us!

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

लगानी खबर, काठमाडौं - सेयर बजारको ओरालो यात्राले आज (बुधबार) पनि निरन्तरता पाएको छ ।  आज पनि सेयर बजारमा भारी अंकको गिरावट आएको हो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा पुगेको छ । आज नेप्से १.५५ प्रतिशतले घटेको हो । यता, सेन्सेटिभ परिसूचक ९.६७ अंकले घटेर ५६७.९९ विन्दुमा पुगेको छ ।

कूल २२७ कम्पनीको एक ९५ लाख ९९ हजार ०८९ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ ।

बुधबार १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर घटेको छ । आज अरुण कावेली पावर लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ४८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।