Like us!
Follow us!

हिमाल दोलखा हाइड्रोको विद्युत बिक्री आम्दानी घट्यो, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

हिमाल दोलखा हाइड्रोको विद्युत बिक्री आम्दानी घट्यो, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

लगानी खबर, काठमाडौं - हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

असार मसान्तसम्म आइपुग्दा कम्पनीले १ करोड ८८ लाख रुपैयाँभन्दा बढी  घाटा व्यहोरेको छ । जबकी अघिल्लो आर्थिक वर्ष सो अवधिसम्म १ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको गरेको थियो ।

गत वर्ष आयोजना खर्च बढेको र विद्युत् विक्री आम्दानी घटेकाले कम्पनीले घाटा व्यहोरेको हो । गत वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी ३२.८२ प्रतिशत घटेर १४ करोड ८३ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष विद्युत् विक्रीबाट २२ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  कम्पनीको आयोजना खर्च ४६.५९ प्रतिशतले घटेर  ३ करोड ३५ लाख रुपैयाँ पुगेको छ । 

हाल चुक्तापूँजी १ अर्ब ६० करोड रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।  चौथो त्रैमाससम्म प्रतिसेयर आम्दानी  १ रुपैयाँ  १८ पैसा  ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।