लगानी खबर, काठमाडाैँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको हो ।
जस अनुसार डिजेल, पेट्रोल र मट्टितेलकाे मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ भने एलपी ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँले बढेकाे छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १३० र डिजेल तथा मट्टितेलको ११३ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धनकाे मूल्य २ रुपैयाँ प्रतिलिटर वृद्धि गरी ८६ रुपैयाँ प्रतिलिटर पुर्याएको छ।
त्यसैगरी, एलपी ग्यास प्रति सिलिण्डर १ हजार ४५० कायम गरिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।