Like us!
Follow us!

आज फेरी घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

आज फेरी घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

लगानीखबर काठमाडौं, नेपाली बजारमा एक सातादेखी लगातार घट्दै गइरहेकाे सुनकाे मूल्य  िहजाे भने स्थिर देखिएको थियो । आज फेरी सुनको मूल्य अाेरालाे लागेको छ । 

आज (मंगलबार) छापावाला सुनको मूल्य तोलाको ३ सय रूपैयाँले घटेर  प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको १० सय रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १ सय  रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।