Like us!
Follow us!

मौद्रिक नीतिले आत्तिएका लगानीकर्तामा उत्साह फर्कियो, उकालो लाग्यो नेप्से परिसूचक

मौद्रिक नीतिले आत्तिएका लगानीकर्तामा उत्साह फर्कियो, उकालो लाग्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - मौद्रिक नीतिका कारण आत्तिएका लगानीकर्ता पुन: उत्साहित भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि आइतबार बजार घटेको थियो  । लगानीकर्ता उत्साहित भएसंगी बजारले पुन उकालो यात्रा तय गरेको छ आज (सोमबार) सेयर बजार सामान्य अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ विन्दुमा पुगेकाे छ । नेप्से ०.१८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ ।

कूल २२७ वटा कम्पनीकाे २ कराेड ८६ लाख १७ हजार ८ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएका १३ उपसमूहमा ७ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

साेमबार ५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, नेशनल हाइड्राेपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, रिडी हाइड्राेपावर र खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

\

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।