Like us!
Follow us!

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार घटेको छ । आज नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा पुग्दा सेयर बजार राताम्मै भएको हो । आइतबार नेप्से ०.७८ प्रतिशतले घटेको हो । 

घटेको बजारमा आज खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेर ४ सय १८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : यूनियन लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आइसि एफसि फाइनान्स, मिर्मिरे लघुवित्त, नेपाल बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेड, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेका छन् । 

6118e9f555975.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।