Like us!
Follow us!

नेपाल बैंकको १ अर्बको कारोबार, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेपाल बैंकको १ अर्बको कारोबार, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार घटेको छ । आज नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा पुग्दा सेयर बजार राताम्मै भएको हो । आइतबार नेप्से परिसूचक ०.७८ प्रतिशतले घटेको हो । 

घटेको बजारमा आज नेपाल बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । आज बैंकले १ अर्ब ५४ करोड ४६ लाख ६ हजार ५ सय ७४ रुपैयाँको कारोबार गरेको छ । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन डिस्टिलरी लिमिटेड, अपि पावर कम्पनी, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, आइसि एफसि फाइनान्स, कामना सेवा विकास बैंक, अरुण काबेली पावर, महालक्ष्मी विकास बैंक र अपर तामाकोशी हाइड्रोपावर रहेका छन् । 

6118e53ee60cf.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।