Like us!
Follow us!

हाल जारी निषेधाज्ञा बारे नाडाको यस्तो धारणा

हाल जारी निषेधाज्ञा बारे नाडाको यस्तो धारणा

लगानी खबर, काठमाडौँ  नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आज (सोमबार) एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले गरेको निषेधाज्ञा सन्दर्भमा पुर्नविचार गर्नु पर्ने भन्दै आफ्नो धारणा व्यक्त गरेको छ । 

यो कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भई रहेको तर सत्य तथ्य यहि नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आ आफनैढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रकृयाहरुको अवलम्बन गरिरहेको देखिन्छ । दक्षिण पूर्वि एशियाका केहि देशहरुले लक डाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि देखिएको छ ।

उच्च गतिमा संक्रमण बढीरहेको भनिएको अमेरिका जस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लक डाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार देखिदैन । यहि तथ्यहरुलाई मननगरी सरकारले पनि निषेधाज्ञाका सन्दर्भमा पुर्नविचार गर्नु पर्ने देखिन्छ ।

लक डाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको छ । यसलाई सरकारले सम्बोधन गर्न नसकिरहेको अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ । आजको दिनमा लक डाउनका कारण अटोमोवाइल व्यवसायीहरु पन ठूलो मारमा परेका छन् र उनिहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने दारुण अवस्था सिर्जना भएको छ । अव अति भयो, समयलाई बुझौ, संसारलाई नियालौ र अव काम गरौ ।

सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने विचार नाडाले राखेको छ । अव जनता स्वयं नै आफनो दुख्ख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रवल हुदै गएको छ । यस्तो विकट स्थिति आउनु अघि नै सरकारले हाल जारी निषेधाज्ञाबारे पुर्नविचारका लागि नाडाले सरकारसंग हार्दिक अपिल गरेको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।