Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथों त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ  । उक्त विवरण अनुसार  बैंकको अधिकांश सूचकमा चमक देखिएको छ ।

 गत आर्थिक वर्ष २०७७/७८ को चौथों त्रैमाससम्म आइपुग्दा बैंकको खुद मुनाफा ११८.१८ प्रतिशतले बढेर ४१ करोड ६९ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो नाफा १९ करोड १० लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी पनि ४२३.१४ प्रतिशतले बढेर एक अर्ब १९ करोड ७९ लाख ३५ हजार रुपैयाँ पुगेको छ  । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी २२ करोड ८९ लाख ९० हजार रुपैयाँमा सिमित थियो  ।

बैंकको वितरणयोग्य नाफा पनि अघिल्लो वर्षको तुलनामा २३६.०६ प्रतिशतले बढेर २८ करोड ८३ लाख ९३ हजार रुपैयाँ पुगेको छ । 
 
समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा १०९.२१ प्रतिशतले बढेर ५६ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा २७ अर्ब ७७ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी २ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ९७ करोड ९९ लाख ९४ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडा कोषको आकार ६९ करोड ९३ लाख ९५ हजार रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २३ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९० पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा पुगेको छ बैंकको पीई रेसियो २७.८३ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।