Like us!
Follow us!

नेपाल टेलिकमको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति?

नेपाल टेलिकमको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति?

लगानी खबर, काठमाडौं - नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद मुनाफा नाफा २३.५४ प्रतिशतले घटेर ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ थियो। 

सो अवधिमा कम्पनीको आम्दानी ३१.४६ प्रतिशतले घटेर ५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ सिमित भएको छ । जजबकी अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ८ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ थियो । 

हाल चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८१ अर्ब ६० करोड ६९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा संचित रकम भने ६.२० प्रतिशतले बढेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ६९ पैसा रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानीमा १५.३० प्रतिशतले गिरावट आएको हो । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ६४४ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.४४ गुणा रहेको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।