Like us!
Follow us!

विद्युत बिक्री आम्दानी बढेपनि घलेम्दी हाइड्रो घाटामा, प्रतिसेयर आम्दानी कति ?

विद्युत बिक्री आम्दानी बढेपनि घलेम्दी हाइड्रो घाटामा, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १ करोड ७२ लाख रुपैयाँ ऋणत्मक छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको नाफा  ३ करोड १ लाख रुपैयाँ ऋणात्मक थियो । कम्पनीले विद्युत आम्दानी बढेसँगै क्रमिकरुपमा नोक्सानी घटाउँदै लगेको देखिन्छ । 

समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २४७.७९ प्रतिशतले बढेर २ करोड ६४ लाख ८ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट ७५ लाख ९६ हजार रुपैयाँमा सिमित थियो ।

हाल चुक्ता पुँजी  ५५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ४ करोड ५२ लाख ४१ हजार रुपैयाँले ऋणत्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ३ रुपैयाँ १४ पैसा ऋणत्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।