Like us!
Follow us!

टेलिकमले ल्यायाे सीयूजी ग्राहकलाई यस्ता अफर

टेलिकमले ल्यायाे सीयूजी ग्राहकलाई यस्ता अफर

लगानी खबर, काठमाडाैँ - नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप सीयूजी सेवामा आवद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको टेलिकमले जनाएको छ ।

कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आवद्ध गराउन सकिन्छ । सीयूजी सेवामा आवद्ध सदस्यहरु बीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आवद्ध नभएका नेपाल टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिन्छ । 

कर्पोरेट ग्रुपमा आवद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी २ सय रूपैयाँ, ५ सय रूपैयाँ, एक हजार रूपैयाँ र एक हजार ५ सय रूपैयाँ दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध रहेका छन् ।

कम्पनीले उपलब्ध गराईरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले २०० रूपैयाँको प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीबी डाटा सुविधा प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ।

त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले रु. ५०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

यी दुई बाहेक पोस्टपेड मोबाइलका ग्राहकले रु. १००० र रु. १५०० का अन्य प्याकेज समेत प्रयोग गर्न सक्दछन् । रु. १००० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १००० मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ । यसैगरी रु. १५०० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ । 

कुनै संस्था/कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । न्यूनतम १० जना प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइनेछ । 

610cf0ed705fc.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।