Like us!
Follow us!

वान प्लसमा दुई नयाँ मोडलका मोबाइल रिचार्जर एपमा

वान प्लसमा दुई नयाँ मोडलका मोबाइल रिचार्जर एपमा

लगानीखबर काठमाडौं, मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नयाँ पुस्तामा लोकप्रिय मानिएका वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल नेपालमा बिक्री गर्न रिचार्जरले वान प्लस मोबाइलको आधिकारिक बिक्रेता आई हब प्रालिसँग सम्झौता गरेको थियो ।  
भदौ ११ गतेदेखि जारी मेगा ग्याजेट्स सेल मेलाको अवधि एक साता थप गर्दै रिचार्जरले एनआईसी एशिया बैंकसँगको सहकार्यमा वान प्लसका मोबाइलमा छुट अफर ल्याएको हो । अफर अन्तरगत एनआईसी एशिया बैंकका खातावाहकले वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल किन्दा ३ हजार रुपैंया नगद फिर्ता पाउने छन् ।

एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्डबाट वान प्लस मोबाइलको महसुल भुक्तान गर्नेहरुले तत्काल ३ हजार रुपैंया नगद फिर्ता पाउने छन् । त्यसै गरी रिचार्जरले वान प्लसका मोबाइल खरिद गर्ने सबैलाई २ हजार रुपैंया बराबरको कोभिड प्रोटेक्टिभ गिफ्टह्याम्पर उपलब्ध गराउने जनाएको छ ।  

विश्व बजारमा नयाँ पुस्तामा वान प्लसका मोबाइलहरु लोकप्रिय मानिन्छ । १२ जीबी र्याम र २५६ जीबी रोम भएको वान प्लस ८ को बजार मूल्य ९३ हजार रुपैंया रहेको छ भने १२ जीबी र्याम र २५६ जीबी रोमयुक्त वान प्लस ८ प्रोको बजार मूल्य १ लाख २५ हजार रुपैंया तोकिएको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।