Like us!
Follow us!

सुनको मूल्य घट्ने क्रम जारी, आज कतिले घट्यो त ?

सुनको मूल्य घट्ने क्रम जारी, आज कतिले घट्यो त ?

लगानीखबर काठमाडौं, आज आईतबार नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी नै छ ।

नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ३ सय रूपैयाँले घटेर  प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने तोलाको १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

शुक्रबार सुनको मूल्य तोलाको १ सयले घटेर, छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।