Like us!
Follow us!

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेन्ज कति ?

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेन्ज कति ?

लगानी खबर, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचीकृत भएको छ । 

कम्पनीको ६० लाख ८४ हजार कित्ता सेयर आईपीओ आज (बुधबार) नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि JBLB सिम्बाेल पाएकाे छ । कम्पनीको उक्त सेयर भोलि (बिहिबार) बाट धितोपत्रको दोस्रो बजारमा कारोबार हुनेछ ।

नेप्सेले संस्थाको पहिलो कारोबारको लागि ३०५ .२७ रुपैयाँदेखि ९१५.८१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

संस्थाको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थाेरैमा १० कित्ता बाँडफाँड गरिएकाे थियाे । आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका थिए ।

6101116e72ecf.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।