Like us!
Follow us!

श्वेत गंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

श्वेत गंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौं- आईपीओ निष्कासन गर्ने प्रस्तावसहित श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनीको सञ्चालक समितिको साउन ११ गतेको बैठकले गरेको निर्णयानुसार उक्त सभा साउन २८ गते काठमाडौंको धुम्बाराहीस्थित अकामा होटेलमा अपराह्न १ बजेदेखि सुरु हुनेछ। 

सभाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने मुख्य एजेण्डा पारित गर्नेछ। उक्त आईपीओ निष्कासनबाट प्राप्त हुने कुल रकमको उपयोगसम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारणका सम्बन्धमा राखिने प्रस्तावहरु पनि सभाले पारित गर्नेछ। 

सोही सभाले परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयरका सम्बन्धमा राखिने अर्को प्रस्ताव पनि पारित गर्नेछ। 

आईपीओ निष्कासनका सम्बन्धमा नियमनकारी निकायको निर्देशनबमोजिमका कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6100e7e037969.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।