Like us!
Follow us!

दिनहुँ उकालो लाग्दै कारोना संक्रमणदर, दैनिक संक्रमण ४ हजार नजिक

दिनहुँ उकालो लाग्दै कारोना संक्रमणदर, दैनिक संक्रमण ४ हजार नजिक

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८ सय भन्दा बढी कारोना संक्रमित थपिएका छन् । 

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना गरि जम्मा ३ हजार ८ सय ९९ जना संक्रमित थपिएका छन् । यही अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । 

त्यसैगरी, कोभिड–१९ को संक्रमणका कारण २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म ३४ लाख ६२ हजार ३४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६७० जनाले दुवै डोज खोप लगाएका छन् । 
 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।