Like us!
Follow us!

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता निराश

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता निराश

लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजार हरियाली बनेको छ । आज नेप्से परिसूचक  २९.२४ अंकले बढेर ३०७९.६७ विन्दुमा पुग्दा सेयर बजार हरियाली बनेको हो । 

बढेको बजारमा आज सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य १ सय ५७ रुपैयाँले घटेर २ हजार ७ सय ३८ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था र नयाँ सारथी नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । 

60ffd377d81ad.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।